२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेश गर्न नपाइने

बुधबार २१, साउन २०७७ ०३:३४

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेश गर्न नपाइने
फाइल तस्बिर ।

काठमाडाैं ।  उपत्यकामा काेराेना भाइरसको संक्रमण बढ्दै गएपछि  सिंहदरबार प्रवेशमा रोक लगाइएको छ

गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले अनुसार, 'अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।'

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको प्रवक्ता बुढाले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।  

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् ।

प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे । 

पछिल्लो समयमा काठमाडौं उपत्यकामा काेराेना भाइरसको संक्रमण बढिरहेको छ । 
 


#सिंहदरबार प्रवेशमा रोक

प्रतिकृया दिनुहोस