२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

महामारीलाइ विरोधको अवसर ठान्‍नुहुन्‍न : प्रधानमन्त्री ओली

मङ्गलबार २०, साउन २०७७ ०१:५२

महामारीलाइ विरोधको अवसर ठान्‍नुहुन्‍न : प्रधानमन्त्री ओली
फाइल तस्बिर ।

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 

उनका अनुसार प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 'यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।

यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध,' प्रधानमन्त्रीको भनाइ थियो, 'यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।'

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएको बजगाईंले जानकारी दिए । देउवाले बैठकमा भनेका छन्, 'हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नुपर्‍यो ।'


#प्रधानमन्त्री केपी

प्रतिकृया दिनुहोस