२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

कांग्रेस छाया मन्त्रीहरूको बैठकः सरकारका गतिविधि नजिकबाट नियाल्न निर्देशन

आइतबार ११, फागुन २०७६ ०२:२८

कांग्रेस छाया मन्त्रीहरूको बैठकः सरकारका गतिविधि नजिकबाट नियाल्न निर्देशन

काठमाडाैं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सरकारका कामकारबाही खबरदारी गर्न गठित‘छाया मन्त्रीहरूको बैठक’ आइतबार पहिलाेचाेटी बसेको छ।

सरकारले विगत नौ महिनामा गरेका कामकारबाहीबारे संयोजकहरूले सभापति शेरबहादुर देउवालाई प्रतिवेदनसमेत पेश गरेका छन्।

कांग्रेसले २१ मन्त्रालय हेर्न आफ्ना सांसदलाई जिम्मेवारी दिँदै गत जेठ ६ गते ‘छाया मन्त्रीमण्डल’ बनाएको थियो। उक्त मन्त्रीमण्डलको पहिलो बैठक आइतबार बसेको हो।

बैठकमा अधिकांश संयोजक (छाया मन्त्री) ले सरकारका कामकारबाही जनहित विपरीत रहेकोले पार्टी शसक्त रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए।

बैठकले सरकारका गतिविधि नजिकबाट नियाल्न संयोजक तथा सदस्यहरूलाई निर्देशन दिएको छ।

बैठकका निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मन्त्रालयमा हुने भ्रष्टाचारलगायत विषय खोजेर बाहिर ल्याउन निर्देशन दिइएको बताए।

‘एकपछि अर्को भ्रष्टाचार बाहिर आइरहेका छन्। सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत हुन गएका भ्रष्टाचारहरू पछिल्लोपटक पर्दाफास भयो,’  नेता पाण्डेले  भने। 

 ‘मन्त्रालय हेर्ने जिम्मेवारी दिएका हाम्रा साथीहरूलाई यस्ता भ्रष्टाचारजस्ता क्रियाकलाप सबै मन्त्रालयमा हुन सक्छन्। त्यसलाई गहिरोसँग अध्ययन गर्नुपर्‍यो, खोज्नु पर्‍यो र ती घटनाहरूलाई बाहिर ल्याउनुपर्‍यो भनेर निर्देशन दिइएको छ।’


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस