२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील भट्ट नियुक्त

सोमबार १९, साउन २०७७ ०८:१४

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील भट्ट नियुक्त

काठमाडाैं ।  मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको स्राेतले जानकारी दिएकाे छ ।

भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य समेत थिए ।


# मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस