२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

ओली-प्रचण्डसहित चार नेताको छलफल बालुवाटारमा जारी

सोमबार १९, साउन २०७७ ११:४३

ओली-प्रचण्डसहित चार नेताको छलफल  बालुवाटारमा जारी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको विवादको निकास दिनेबारे प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।

बालुवाटार जानुअघि प्रचण्डले खुमलटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। 

यी चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो।


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस