२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता

- विशेष खबर आइतबार १८, साउन २०७७ ०५:३०

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता
सम्झौता पत्रमा हस्ताक्षर गर्दै मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट कविन्द्र जोशी र आइएमई पेका तर्फबाट गुण श्रेष्ठ ।

काठमाडौं । आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ ।

अब मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यस सम्बन्धि सम्झौता पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

 


#आइएमई पे

प्रतिकृया दिनुहोस