२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

सोमपाल र करण आईएमई पेको ब्राण्ड एम्बेस्डर

- विशेष खबर बिहिबार १८, असोज २०८० ११:३८

सोमपाल र करण आईएमई पेको ब्राण्ड एम्बेस्डर

काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर सोमपाल कामी र करण केसी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।

बिहीबार कामठाडौंमा भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको हाे ।

ब्राण्ड एम्बेस्डर बनेर उनीहरुले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरुले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल क्रिकेट संघ क्यानको टिकटिङ पार्टनरका रुपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा पनि सम्झौता गरेको हो ।

 


प्रतिकृया दिनुहोस