२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओली र दाहालसहितका ४ नेताको छलफल सकियाे,दुबै अध्यक्ष आ-आफ्नै अडानमा

आइतबार १८, साउन २०७७ ०२:५४

ओली र दाहालसहितका ४ नेताको छलफल सकियाे,दुबै अध्यक्ष आ-आफ्नै अडानमा
फाइल तस्बिर ।

काठमाडाैं ।  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ४ नेताको छलफल सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा  प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए।

झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए।

आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो।

उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए।


#नेकपा विवाद

प्रतिकृया दिनुहोस