२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

इनफ इज इनफले उठाएका मागमा कांग्रेसकाे ऐक्यवद्धता

शनिबार १७, साउन २०७७ ०५:३३

इनफ इज इनफले उठाएका मागमा कांग्रेसकाे ऐक्यवद्धता

काठमाडाैं । इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर 'इनफ इज इनफ' अभियानका सत्याग्रही ई:लाई भेटेका छन् ।

देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् ।

बसन्तपुरमा अनशनरत इनफ इज इनफका इलगायतलाई शनिबार भेटेर सभापति देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए। 

देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

अभियन्ता ई: ले कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका हुन् ।

इनफ इज इनफ अभियानका अभियान्ता ई: १५ दिनदेखि सत्याग्रह जारी राखेका छन् ।


#इनफ इज इनफ

प्रतिकृया दिनुहोस