२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

माइक्रोसफ्टले ल्यायो सुरक्षा एप

बिहिबार १५, साउन २०७७ १०:०१

माइक्रोसफ्टले ल्यायो  सुरक्षा एप

एजेन्सी । प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । याे एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । 

यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्क्रिन हेर्न, नियन्त्रण गर्ने र स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ । 

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । 

बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ । 

नयाँ एपका प्रयोगकर्ताहरुलाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, हानी न्युनिकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले जनाएको छ । 


#माइक्रोसफ्ट

प्रतिकृया दिनुहोस