२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओलीइतर समूहका १५२ केन्द्रीय सदस्यले बैठक माग गर्दै पार्टीमा बुझाए हस्ताक्षर

बुधबार १४, साउन २०७७ ०६:१४

ओलीइतर समूहका १५२ केन्द्रीय सदस्यले बैठक माग गर्दै पार्टीमा बुझाए हस्ताक्षर

काठमाडाैं ।  सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन् । बुधबार दिउसो पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षद्वयलाई संवोधन गर्दै  १५२ सदस्यहरूले हस्ताक्षर बुझाएका छन् । 

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अनिर्णित भएको बेला केन्द्रीय कमिटी बैठक माग भएको हो ।

बैठक माग गर्दै हस्ताक्षर बुझाउने सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामाको माग भएपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुदै आएको छ । त्यहीबेला केन्द्रीय कमिटी बैठकको माग भएको हो ।

केन्द्रीय कमिटीको एक चौथाइ सदस्यले बैठक माग गरेपछि ३० दिनभित्र बैठक बोलाउनु पर्ने विधानमा छ । नेकपामा ४४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।

 


#नेकपा

प्रतिकृया दिनुहोस