२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

राप्रपा त्यागेका सुनील थापा कांग्रेस प्रवेश

- विशेष खबर मङ्गलबार १३, साउन २०७७ ०५:०७

राप्रपा त्यागेका सुनील थापा कांग्रेस प्रवेश
सुनीलबहादुर थापालाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा ।

काठमाडाैं ।  राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश गरेका छन् ।

आफ्‍नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड दिइ प्रवेश गराएका थिए ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।

 


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस