२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

एकपक्षीय रुपमा बैठक स्थगित गर्नु विधि सम्मत नभएको ठहर गर्दै सकियाे ओलीइतर समूहको बैठक

मङ्गलबार १३, साउन २०७७ ०४:२४

एकपक्षीय रुपमा बैठक स्थगित गर्नु विधि सम्मत नभएको ठहर गर्दै सकियाे ओलीइतर समूहको बैठक
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको छ ।

२९ जना स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

यसैगरी बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए ।


#नेकपा

प्रतिकृया दिनुहोस