२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओलीइतर समूहको स्थायी कमिटी बैठक सुरू

मङ्गलबार १३, साउन २०७७ ०२:५१

ओलीइतर समूहको स्थायी कमिटी बैठक सुरू

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले रोकिएको ओलीइतर समूहको स्थायी कमिटी बैठक पुन: सुचारू गरेका छन्।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बैठक सुरु भएको बताए पनि बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरु अनुपस्थित छन् ।

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे 'ब्रिफिङ' गरिररहेको बैठकमा सहभागि एक स्थायी समितिले सदस्यले बताए ।

दाहाल-नेपाल समूहले सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई फोन गरी कुन पक्षमा हो भनी कित्ता 'किल्यर' गर्न भनेपछि उनीहरु पनि बैठकमा सहभागि हुने भन्दै आइरहेको एक नेताले बताए ।

बिहान ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु बैठक सुचारु गर्ने भन्दै बालुवाटर पुगेका थिए ।

 

 


#नेकपा

प्रतिकृया दिनुहोस