२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओली, दाहाल र खनालबिच बालुवाटारमा छलफल

मङ्गलबार १३, साउन २०७७ ०१:५९

ओली, दाहाल र खनालबिच बालुवाटारमा छलफल

काठमाडाैं ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । 

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका थिए । तर, बैठकमा ओली नआउने भएपछि सहमतिको प्रयासका लागि भन्दै दाहाल र खनाल ओलीसँग छलफलका लागि पुगेका हुन् ।

बैठक कक्षमा ओली–नेपाल समूहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । यस्तै उपाध्यक्ष बामदेव गौतम पनि बालुवाटार पुगेको बताइएकाे छ ।

यस्तै उपाध्क्ष बामदेब गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।


#नेकपा

प्रतिकृया दिनुहोस