२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

मङ्गलबार १३, साउन २०७७ ११:२७

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्बिर ।

काठमाडाैं ।  आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयकाे बैठककाे निर्णय र निर्देशनबमाेजिम प्रस्ताव तय गर्न बाँकी रहेकाे हुनाले पार्टी स्थायी कमिटीकाे आज  बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

साउन ६ गते बाढी-पहिरो पीडितको उद्धार र राहतका लागि भन्दै बैठक एक साताका लागि स्थगित भएको थियो। यो अवधिमा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक पटकमात्र छलफल भएको थियो।

 सोमबार प्रचण्ड निवास खुमलटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। उनीहरूको छलफलले आजको बैठक सुचारू गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

 

 


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस