२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भोलि कांग्रेस प्रवेश गर्दै सुनिल थापा

सोमबार १२, साउन २०७७ ०८:०३

भोलि कांग्रेस प्रवेश गर्दै सुनिल थापा
फाइल तस्बिर ।

काठमाडाैं ।  राप्रपा बाट राजिनामा गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसंग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसको छ ।

कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि बनाएको समायोजन समितिका संयोजक बिमलेन्द्र निधीले थापा समूहसँग वार्ता गरिरहेका छन् ।

आजै साँझ समझदारी टुङ्ग्याएर भोलि पार्टी प्रवेश गर्ने तयारी छ । थापा समूहका एक नेताका अनुसार मंगरबार  कांग्रेस प्रवेशको तयारी रहेको बताए ।

कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका हुन् ।

'उहाँले मागे पनि महामन्त्री दिन सकिँदैन, सहमहामन्त्री दिने भन्ने हाम्रो तयारी छ । आजै साँझसम्ममा समझदारी हुन्छ । भोलि पार्टी प्रवेश गर्ने संभावना छ,' समायोजनमा सक्रिय एक कांग्रेस नेताले भने ।


#पूर्वमन्त्री सुनिलबहादुर थापा

प्रतिकृया दिनुहोस