२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सरिता गिरीको ठाउँमा लिला सिटौला सांसदमा निर्वाचित

सोमबार १२, साउन २०७७ ०३:२९

काठमाडाैं । जनता समाजवादी पार्टीको सिफारिसमा निर्वाचन आयोगले लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।

पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो । 

नयाँ नक्सा संशोधनको पक्षमा पार्टीले मतदान गर्न दिएको निर्देशनको अवज्ञा गरेको भन्दै गिरीलाई पार्टीले कारबाही गरेको थियो ।

गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।


# जनता समाजवादी पार्टी

प्रतिकृया दिनुहोस