२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

मास्क नलगाई हिड्नेलाई कारबाही गर्न फेरि निर्देशन

सोमबार १२, साउन २०७७ ०९:४६

मास्क नलगाई हिड्नेलाई कारबाही गर्न फेरि निर्देशन

काठमाडाैं । गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुन: निर्देशन दिएको छ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि  आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको हाे ।  

रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेकाले अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने मन्त्रालयले जनाएकाे छ । 

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो। केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।


#काेराेना

प्रतिकृया दिनुहोस