२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

भाेलिदेखी पाँचदिन भारी वर्षाहुने सम्भावना, सतर्कता अपनाउन आग्रह

- विशेष खबर आइतबार ११, साउन २०७७ ०८:२७

भाेलिदेखी पाँचदिन भारी वर्षाहुने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साेमबार देखी केहीदिन भारी वर्षा हुने जनाएको छ ।

मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ ।

आगामी पाँच दिनसम्म प्रदेश १ र २ सबैंजसाे स्थानमा भारी वर्षा  हुने जनाएकाे छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

आगामी मंगलबार देखि बिहिबार सम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।

चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ ।


#जल तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस