२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

राप्रपा छाडेका सुनिल थापा कांग्रेस प्रवेश गर्ने तयारीमा

- विशेष खबर आइतबार ११, साउन २०७७ ०३:३१

राप्रपा छाडेका सुनिल थापा कांग्रेस प्रवेश गर्ने तयारीमा

काठमाडाैं। राप्रपाका पूर्वमहामन्त्री सुनिल थापासहित राजीनामा बुझाएका नेताहरू यही साता नेपाली कांग्रेस प्रवेश गर्ने  तयारीमा लागेका छन्।

सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्‍न पुगेको भन्दै थापा सहित ३१ जनाले शनिबार संयुक्त राजीनामा बझाएकाे थिए ।

स्राेतका अनुसार थापाले कांग्रेसमा महामन्त्री पद पाउनुपर्ने बताएका छन् भने केही नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेकाे बताइएकाे छञ  ।

यस्तै सभापति देउवालगायतले सहमहामन्त्री पद दिन सकिनेमा छलफल गरेका छन् तर टुंगो भइसकेको छैन।

थापा धनकुटा र भोजपुरको कार्यसमितिसहित केही केन्द्रीय सदस्य लिएर कांग्रेस प्रवेश गर्न लागेका हुन्।


#राप्रपा

प्रतिकृया दिनुहोस