२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सुनिल थापासहित राप्रपाका दर्जनाै नेताले दिए संयुक्त राजीनामा

शनिबार १०, साउन २०७७ ०९:०७

सुनिल थापासहित राप्रपाका दर्जनाै नेताले दिए संयुक्त राजीनामा

काठमाडाैं।  राप्रपाका नेता सुनिल थापासहित १९ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टी अध्यत्रयलाई राजीनामा बुझाएका हुन् ।

सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्‍न पुगेको उनीहरुको आरोप छ ।

राजीनामा पत्रमा भनिएको, 'संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ ।

स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।'

थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।


#राप्रपा

प्रतिकृया दिनुहोस