२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छः प्रचण्ड

शनिबार १०, फागुन २०७६ ०४:१८

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छः प्रचण्ड

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन ।

 पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास  व्यक्त गरे ।

प्रचण्डले भने, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेकाे जालकारी दिए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए ।

वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने समेत बताए ।

फरक प्रसङ्गमा प्रचण्डले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे ।


#प्रचण्ड

प्रतिकृया दिनुहोस