२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

पूर्वडिआइजी कोइरालाको फैसला पुनरावलोकन गर्ने महान्यायाधीवक्ता कार्यालयको तयारी

बिहिबार ०८, साउन २०७७ ०२:१३

पूर्वडिआइजी कोइरालाको फैसला पुनरावलोकन गर्ने महान्यायाधीवक्ता कार्यालयको तयारी
जेलमुक्त भएपछि पूर्वडिआइजी रञ्जन कोइराला ।

काठमाडौं । श्रीमती हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय दिने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाँदैछन ।

प्रधान यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्रका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।

सर्वोच्‍च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ । सोही व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।


#पुर्बडिआइजी रञ्जन कोइराला

प्रतिकृया दिनुहोस