२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

बिहिबारकाे माैसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

बिहिबार ०८, साउन २०७७ ०८:५७

बिहिबारकाे माैसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै  बिहीबार दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भइरहेको पनि विभागले जनाएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि प्रदेश १ र प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख गर्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।


#माैसम

प्रतिकृया दिनुहोस