२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

शेयर बजार दोहोरो अंक घट्याे

बुधबार ०७, साउन २०७७ ०६:१७

शेयर बजार दोहोरो अंक घट्याे

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अंकले घटेर एक हजार ४३२.४४ पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ३.९० अंकले घटेर ३०३.१४ मा पुगेको छ । आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । 

कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अंकले बढेको छ ।

बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अंकले घटेको छ । कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । 

 


#शेयर कारोवार

प्रतिकृया दिनुहोस