२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

लकडाउन अन्त्य , यी क्षेत्र अझै खाेल्न नपाइने

मङ्गलबार ०६, साउन २०७७ ०९:२७

लकडाउन अन्त्य , यी क्षेत्र अझै खाेल्न नपाइने

काठमाडौं । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबार रातदेखि हटाएको हो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले लकडाउन अन्त्य भएकाे जानकारी दिएका हुन् ।

लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउन सरकारले त्यसको विधिवत अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक काेराेना रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत नै राखिएको उनले बताए ।

स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने पनि सरकारको निर्णय गरेकाे छ । साउन १५ गतेदेखि नै पदयात्रा, पर्वतरोहणलगायतका क्षेत्रसमेत सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ । सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने बताइएको छ ।

खुल्ने सेवाहरु
१ मंगलबार राति १२ बजेपछि बन्दाबन्दी अन्त्य ।
२ कोरोना रोकथामका लागि गरिएका अन्य व्यवस्था यथावत रहने ।
३ साउन १५ देखि पर्यटन व्यवसाय चलाउन पाउने ।
४ भदाै १ देिख लामो दुरीका सवारी साधनहरु चलाउन पाउने ।
५ भदाै १ देिख आन्तरिक तथा बाह्य उडान सुचारु हुने ।
६ भदाै १ देखि खेलकुद प्रशिक्षण सुचारु हुने ।
७ भदाै १ देखि बिद्यार्थी भर्ना र परीक्षा सञ्चालन हुने ।

८ साउन ३२ गतेसम्म सीमा बन्द

तत्काल नखुल्ने
१‍ शैक्षिक संस्थाहरु
२ सभा, गोष्ठी, तालिम सेमिनार
३ प्रदर्शन, भेला, सेमिनार
४ सैलुन, ब्यूटीपार्लर, स्पा
५ स्वीमिंग पुल, जिमखाना र क्लव
६ समूहमा खेलिने खेल र खेलमैदानमा हुने प्रस्तुती
७ धार्मिक तथा सामाजिक स्थलहरु
८ पुस्तकालय, संग्रहालय र चिडियाघर


#लकडाउन

प्रतिकृया दिनुहोस