२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा स्थायी कमिटी बैठक साउन १३ सम्म स्थगित

मङ्गलबार ०६, साउन २०७७ ०२:३५

नेकपा स्थायी कमिटी बैठक साउन १३ सम्म स्थगित

काठमाडाैं । नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ।बाढी-पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको बताइएकाे छ।

स्थायी कमिटी बैठकले विपद् उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गरी आवागमन चालु गर्न समेत बैठकले आग्रह गरेको छ।

मंगलबार बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित गरी सुरू भएको थियो। तर बैठक सुरू भएको केहीबेरमै स्थगित भयो।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको फोन संवादपछि बैठक सारिएको बताइएको छ। बैठक सुरू भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भने थिएनन्।

केही दिनअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए।


#नेकपा

प्रतिकृया दिनुहोस