२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिए : गोकुल बास्कोटा

बिहिबार ०८, फागुन २०७६ ०४:४६

नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिए : गोकुल बास्कोटा
फाइल तस्बीर ।

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नोबारे प्रश्न उठेकाले राजीनामा दिएको बताएका छन्।

उनले आफुले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।

ट्वीट गर्दै बास्कोटाले भनेका छन्, 'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।'

सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि उनले पदबाट राजीनामा दिएका हुन्।

 


#गोकुल बाँस्कोटा

प्रतिकृया दिनुहोस