२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

साेमबार बिहानैदेखी देशभर वर्षा, सर्तक रहन आग्रह

सोमबार ०५, साउन २०७७ ०२:०६

साेमबार बिहानैदेखी देशभर वर्षा, सर्तक रहन आग्रह

काठमाडौं । साेमबार बिहानैदेखी देशभर वर्षा भइरहेकाे छ । वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ ।

विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।


#जल तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस