२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

ज्वारचन लिइन सांसदकाे शपथ

- विशेष खबर आइतबार ०४, साउन २०७७ ०६:२४

ज्वारचन लिइन  सांसदकाे शपथ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएकी हुन् ।

नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

कांग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो । 
शफथग्रहण समारोहमा सभामुख सापकोटाले उनिलाई सङ्घीय सांसदको लोगो पनि प्रदान गरेकाे छ ।


#संसद सचिवालयमा

प्रतिकृया दिनुहोस