२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

सचिवालय बैठकलगत्तै दुबै अध्यक्ष शीतल निवासमा

- विशेष खबर शनिबार ०३, साउन २०७७ ०८:१६

सचिवालय बैठकलगत्तै दुबै अध्यक्ष शीतल निवासमा
फाइल तस्बीर ।

काठमाडाैं । नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।

शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रबक्ता श्रेष्ठले भने, ‘पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको भन्दै उनले भने, सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’

प्रबक्ता श्रेष्ठका अनुसार भाेली बस्ने स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ ।

 


#नेकपा

प्रतिकृया दिनुहोस