२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

‘देउवा पनि नसमात्नुस्, पौडेल पनि नसमात्नुस् : वरिष्ठ नेता पौडेल

शनिबार ०३, साउन २०७७ ०३:११

‘देउवा पनि नसमात्नुस्, पौडेल पनि नसमात्नुस् : वरिष्ठ नेता पौडेल
फाइल तस्बीर ।

काठमाडाैं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिको पछाडि नलाग्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।

१४ औं महाधिवेशन नजिकिदै गर्दा पौडेलले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा व्यक्तिका पछाडिभन्दा पनि लोकतान्त्रिक गणतन्त्र र सिंगो पार्टीका पछि लाग्न आग्रह गरेका हुन्।

नेता पाैडेलले गुटतर्फ संकेत गर्दै व्यक्ति हेरेर पार्टी सभापति शेरबहादुर देउवा वा आफ्नो पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘मेरो पक्ष वा तेरो पक्षमा कोहि पनि नटाँसिऔं,’ सगरमाथा आरोहीहरूलाई कांग्रेस प्रवेश गराउँदै पौडेलले भने, ‘देउवा पनि नसमात्नुस्, पौडेल पनि नसमात्नुस्। मैले देशभर डुल्दा यी कुराहरू सबैलाई भनेको छु।’

‘जनतामा कांग्रेसप्रति नराम्रो सन्देश गएको छ। यो बिडम्बना हो,’ उनले भने, ‘कांग्रेसले संविधान ल्याउने। लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टीले नै चुनाव हारेर राम्रो गरेन। गणतन्त्र र संविधान कार्यान्वयनका बेला कम्युनिष्टको हातमा गयो यो बिडम्बना हो।’

कार्यक्रममा बिभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस