- विशेष खबर शनिबार ०४, माघ २०८२ ०७:०४
काठमाडौँ । निर्वाचन आयोगले केही आधारहरुलाई टेकेर विशेष महाधिवेशनबाट निर्वाचित भएका कांग्रेस सभापति गगन थापा समूहलाई मान्यता दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले उक्त निर्णय लिनका लागि राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानमा टेकेको छ ।
मुख्य रुपमा आयोगले अद्यावधिकको निर्णय टुंग्याउन तीन वटा आधार लिएको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
पहिलो आधार
आयोगले विधानबमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था नेपाली कांग्रेसको विधानले नै गरेको र सोअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकामा आयोजना भएको देखियो ।
दोस्रो आधार
आयोगले विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट देखिएको र यसले गरेका निर्णय नै दलको हुने देखिएको छ ।
तेस्रो आधार
आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानतः भएको स्पष्ट पारेको उल्लेख गरेको छ । भण्डारीले अब चित्त नबुझ्ने पक्ष अदालत जानसक्ने बताए ।
प्रतिकृया दिनुहोस