२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सञ्चार मन्त्री बाँस्कोटा राजिनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

बिहिबार ०८, फागुन २०७६ ०१:५९

सञ्चार मन्त्री  बाँस्कोटा राजिनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
फाइल तस्बीर ।

काठमाडाैं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि बढाउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो ।

कांग्रेसले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि नबढाउँसम्म सदन चल्न नदिने बताएकाे थियाे । लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

 

 


#गोकुल बाँस्कोटा

प्रतिकृया दिनुहोस