२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाए: कांग्रेस

बुधबार ३१, असार २०७७ ०४:४९

प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाए: कांग्रेस

काठमाडाैं  ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दै सरकार र सत्तारूढ नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

‘प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु,’ प्रवक्ता शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनीतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ।’

पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री के.पी. शर्मा ओलिका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सृजना गरेका छन् । प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तब्य भएको छ ।

देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ? भन्दै प्रबक्ता शर्माले प्रश्न गरेका छन् । 

बिज्ञप्ति पढनुहाेसः


#नेपाली कांग्रस

प्रतिकृया दिनुहोस