२०८१ माघ ०२ गते बुधबार | 15 January, 2025

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

- विशेष खबर बिहिबार २५, पुष २०८१ १०:५५

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।

यस्तै लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार खनालले बताए।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिए।


प्रतिकृया दिनुहोस