२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

अयोध्याबारे दिएकोअभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले जनतासमक्ष आत्मालोचना गर्नु पर्छः  बामदेव गौतम

मङ्गलबार ३०, असार २०७७ ०५:१५

अयोध्याबारे दिएकोअभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले  जनतासमक्ष आत्मालोचना गर्नु पर्छः  बामदेव गौतम
फाइल तस्बीर ।

काठमाडौं ।  नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न फेसबुक मार्फत सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै गौतमले ओलीलाई आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न फेसबुकमा सुझाव दिएका हुन् ।

नेता गौतमले फेसबुकमार्फत बरु प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्ष अघि नै सुनाएको पनि बताए । ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो’ गौतमले भनेका छन् ।

ओली हाल प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत भएकाले उनले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने भन्दै नेता गौतमले यो विषय सावित भए पनि इतिहासकारहरुले सार्वजनिक गर्नु पर्ने बताए ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नाे फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाइ दिएकाे सुझाव ः


#वामदेव गौतम

प्रतिकृया दिनुहोस