२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

कांग्रेस बैतडी-काठमाडाैं सम्पर्क समितिकाे चियापान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

- विशेष खबर बुधबार ०९, असोज २०८१ ०९:५५

कांग्रेस बैतडी-काठमाडाैं सम्पर्क समितिकाे चियापान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेस बैतडी-काठमाडाैं सम्पर्क समितिले दसैंतिहारका अवसरमा चियापान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पर्क समितिले बुधबार काठमाडाैंकाे धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा नेता कार्यकर्ता, शुभेच्छुक तथा कलाकारहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

समितिका अध्यक्ष भानबहादुर चन्द (भाष्कर) काे सभापतित्वमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द थिए । 

कार्यक्रममा कांग्रेस नेता एवं बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सूर्नया गाउँपालिका उपाध्यक्ष मन्जु बाेहरा, कांग्रेस महासमिति सदस्य इन्जिनियर दीपेन्द्रबहादुर चन्द, जिल्ला कार्यसमिति सदस्य हिमाल बम, बैतडी निर्वाचन क्षेत्र ख का क्षेत्रीय सभापति शिवराज भट्टलगायत बैतडी घर भइ काठमाडाैंमा बसाेबास गरिरहेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूकाे उपस्थिती रहेको थियो ।

No description available.

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस बैतडीका सभापति चन्दले लोकतान्त्रिक पार्टीमा फरक मत राख्नु अन्यथा नभए पनि पार्टीको हितविपरित क्रियाकलाप गर्न नहुने बताए ।  कांग्रेस लोकतन्त्रको अगुवा गर्ने पार्टी भएकाले छलफल, सहकार्य र सहअस्तित्वको बाटोबाट पार्टीलाई एक ढिक्का बनाएर अरूलाइ पनि शिक्षा दिनुपर्ने बताए ।

बैतडी–काठमाडाैं सम्पर्क समितिले विजयादशमीको अवसरमा आयोजना गरेको कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले सकारात्मक सन्देश दिएको उनको भनाई थियो । पार्टीकाे काममा इमान्दारिताका साथ सक्रिय हुन समेत उनले निर्देशन दिएका छन् ।

सम्पर्क समितिका अध्यक्ष भाष्कर चन्दले आर्थिक अभावले उपचारबाट बञ्चित बैतडीवासी, अप्ठ्याराेमा परेका विद्यार्थीलगायतको समस्या समाधानका लागि अभियान संचालन गर्ने र सम्बन्धित निकायसँग समस्या समाधानका लागि समन्वय गर्ने काम गरिरहेको बताए । 

कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक महेशकुमार औजी, गोपाल दयाल, बालगायिका कल्पना विष्ट र कलाकार नरेन्द्र जोशीले सांगीतिक प्रस्तुति राखेका थिए । समितले उनीहरूलाइ सम्मान पत्र समेत प्रदान गरेकाे थियाे ।

कार्यक्रमका अधिकांश वक्ताहरूले सम्पर्क समिति पुनर्गठन भएकाे छाेटाे समयमै उदाहरणीय काम गर्न सफल भएकाे बताएका थिए । सबैजसाे वक्ताले पार्टीभित्रकाे असमझदारी हटाएर नेता कार्यकर्तालाइ एकढिक्का बनाउन समितिले भूमिका खेल्नुपर्ने बताएका छन्।   

सम्पर्क समितिबाट आगामी दिनमा समेत बैतडी-संघीय राजधानी काठमाडाैंकाे सेतुका रुपमा काम गरिने अध्यक्ष चन्दले बताए ।

 


प्रतिकृया दिनुहोस