२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

शनिबार २७, असार २०७७ ११:४०

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले शनिबार ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् ।

उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह पनि गरेका छन् ।

 


#काेराेना

प्रतिकृया दिनुहोस