२०८२ जेठ ३१ गते शुक्रबार | 13 June, 2025

गायिका एलिना चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेद मुद्दा

- विशेष खबर शुक्रबार १८, माघ २०८१ १०:२१

गायिका एलिना चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेद मुद्दा

काठमाडौं । चर्चित गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंमा उनले मुद्दा दायर गराएकी हुन् ।

गत वैशाखमा विवाह गरेर उनी पति विष्णुसँग अस्ट्रेलियामा बस्न थालेकी थिइन् । अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उनले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

एलिनाले यसरी आफ्नो चरित्रमाथि शंका उपशंका गरेर सम्बन्धअगाडि नबढ्ने भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

फिरादपत्रमा उल्लेख गरेकी छन्, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’ 


प्रतिकृया दिनुहोस