२०८१ असोज ०१ गते मङ्गलबार | 17 September, 2024

कांग्रेसले तोक्यो ३७ विभागका प्रमुख, कुन विभागमा काे ?

- विशेष खबर मङ्गलबार २२, साउन २०८१ ०७:१३

कांग्रेसले तोक्यो ३७ विभागका प्रमुख, कुन विभागमा काे ?

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका ३७ वटा विभागका प्रमुख घोषणा गरेका छन् ।

पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १० दिन अगाडि नै सभापति देउवालाई सूची बुझाए पनि उनले सोमबार मात्रै विभागका प्रमुख तोकेका हुन् । पार्टी विधानमा ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर देउवाले आफू सभापति निर्वाचित भएको दुई वर्ष पाँच महिनापछि ३७ विभाग गठन गरेका हुन् ।

कांग्रेसका ७० वटा विभाग छन् । केही समयअघि देउवाले १७ वटा विभागका प्रमुख तोकेका थिए । संगठन, विदेश, जनसम्पर्क लगायत १६ वटा विभाग अझै बन्न सकेका छैनन् ।

देउवाले सोमबार घोषणा गरेका विभागमा राज्य प्रशासनमा गोविन्द भट्टराई, स्थानीय तह समन्वयमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकनमा मानबहादुर विश्वकर्मा, संघीय मामिला समन्वयमा चन्द्रबहादुर केसी, संसदीय मामिलामा गोविन्दबहादुर शाह, कानुनमा मानबहादुर नेपाली, विद्यार्थीमा राजीव ढुंगाना, पेसागत तथा बुद्धिजीवीमा डिला संग्रौला, शिक्षामा नैनसिंह महर, स्वास्थ्यमा चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वयमा मदनबहादुर अमात्यलाई विभाग प्रमुख तोकिएको छ ।

यस्तै सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वयमा शिवप्रसाद हुमागाईं, कृषि तथा किसानमा उमेश श्रेष्ठ, खेलकुदमा उमेशजंग रायमाझी, प्राकृतिक स्रोतमा तारामान गुरुङ, साहित्य, कला तथा संस्कृतिमा विद्यादेवी तिमिल्सिना, दलित समुदाय समन्वय र सशक्तीकरणमा लक्ष्मी परियार, द्वन्द्व व्यवस्थापन तथा मेलमिलापमा कृष्णकिशोर घिमिरे छन् ।

मुस्लिममा मैकुलाल वाल्मीकि, वित्तीय संस्था समन्वयमा कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधिमा सुशीला मिश्र, भूपू सैनिकमा महेन्द्रकुमार लिम्बू, आर्थिक नीति तथा योजनामा गोविन्द पोखरेल, शुभेच्छुक संस्था समन्वयमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियनमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वयमा नृपबहादुर बड, मानव अधिकारमा धना खतिवडा विभाग प्रमुख तोकिएका छन् ।

वातावरण तथा जलवायु परिवर्तन सरोकारमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोतमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वयमा जीवन राना, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वयमा लक्ष्मी खतिवडा, व्यावसायिक सीप विकासमा गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वयमा गोपाल दहित, सामाजिक संघसंस्था समन्वयमा अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्रमा अजयबाबु शिवाकोटी, धर्म–संस्कृति समन्वयमा ध्यानगोविन्द रञ्जित र पूर्वआप्रवासी समन्वयमा दिनेश कोइराला विभाग प्रमुख बनेका छन् ।

प्रत्येक विभागमा बढीमा ५१ सदस्य राख्न सकिने प्रावधान विधानमा छ । तीमध्ये विभाग प्रमुखको सहजताका लागि दस जना आफूले रोजेका कार्यकर्तालाई राख्न सकिने अधिकार नेतृत्वले दिएको छ भने बाँकी केन्द्रीय सभापतिको परामर्शमा मनोनयन गर्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस