२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

शनिबार २०, असार २०७७ ११:१२

नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन

शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित भएको थियो ।

तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।

शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।


#नेकपा विवाद

प्रतिकृया दिनुहोस