२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सञ्‍चारमन्त्रीको अडियो प्रकरणबारे ओली र दाहालबीच छलफल

बिहिबार ०८, फागुन २०७६ १२:३०

सञ्‍चारमन्त्रीको अडियो प्रकरणबारे ओली र दाहालबीच छलफल

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। दुई अध्यक्षबीच सञ्‍चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको विवादास्पद अडिओ बाहिरिए पछि बिहीबार बिहान छलफल भइरहेको जनाइएको छ।  

भ्रष्टाचारको कुरा आएकाले राजीनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ। संचारमन्त्रीले अडियो प्रकरणबारे आज पत्रकार सम्मेलनमा जानकारी दिनेछन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको 'कमिसन डिलिङ'को अडियो सार्वजनिक भएको छ।

बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा नेकपाभित्र पनि छलफल सुरु भएको छ।

 सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक

 संचारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : नेपाली कांग्रेस


प्रतिकृया दिनुहोस