२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता प्रस्ताव संसदीय समितिबाट पारित

आइतबार ०७, असार २०७७ ०७:२३

विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता प्रस्ताव संसदीय समितिबाट पारित
फाइल तस्बीर ।

काठमाडौं । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार बसेको समितिको बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा सहमति नभएपछि बहुमतबाट पारित भएको हाे । 

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ । आजको बैठकमा सो विधेयकमाथि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् ।

उनीहरुले पहिलेदेखि नै नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार नै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउँदै आएका थिए । विदेशी नागरिकता त्यागेपछि नेपालमा तुरुन्तै नागरिकता दिने विषयमा नेकपाका सांसदहरुले भने विरोध गर्दै आएका थिए ।

नेकपाको शनिवार बसेको सचिवालय बैठकले बैवाहिक अंगिकृत नागरिकता ७ बर्षपछि मात्रै दिने विषयमा निर्णय गरेको थियो । 

 


#अंगिकृत नागरिकता

प्रतिकृया दिनुहोस