बिहिबार ०८, फागुन २०७६ १०:५०
काठमाडाैं, सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आजै राजिनामा गर्ने भएका छन ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि उनले राजीनामा गर्ने तयारी भएको हो ।
आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने छन ।
सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने प्रतिकृया दिइसकेका छन्।
उक्त अडियो सार्वजनिक भएपछि प्रतिपक्ष नेपाली काँग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ।
प्रतिकृया दिनुहोस