२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय

शनिबार ०६, असार २०७७ १२:२८

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय
फाइल तस्बिर

काठमाडौं । नेकपाकाे सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरेको छ । 

शनिबार बसेकाे सचिवालय बैठकले लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकमा समितिमा सहमति जुट्न नसकेको स्थितिमा नेकपाकाे धारणा स्पष्ट गरेको हो ।

समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन् ।

नेकपाको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरेको बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।


#नेकपा

प्रतिकृया दिनुहोस