२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कांग्रेस कार्यसम्पादन समिति बैठक भाेलि

- विशेष खबर शनिबार २१, पुष २०८० ०१:१६

कांग्रेस कार्यसम्पादन समिति बैठक भाेलि

काठमाडौं । आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ ।

 पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने राससलाई बताए ।

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।

उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन् । 


प्रतिकृया दिनुहोस