२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

सोती घटनाका मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन

शनिबार २४, जेठ २०७७ ०९:०४

सोती घटनाका मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन

काठमाडौं । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाको नेतृत्व र सोम मल्लको संयोजनमा शनिबार काठमाडौंको माइतीघरमा रुकुम पश्चिमको सोती घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । 

जाजरकोटका पूर्वसांसद राजीवबिक्रम शाहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेविसंघ महामन्त्री युवराज पाण्डे, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकार, नेविसंघ पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुङेल, धर्म फुलारा, तपेन खड्कालगायतको उपस्थिति रहेकाे नेता मल्लले बताए ।   

नेता शाहले सरकार र नेकपा नेताहरुले यो घटनालाई तोडमोड गरि दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । उनले यो घटनामा संग्लन सबैलाई सजाय दिलाउन सम्पूर्ण तवरले लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेविसंघ महामन्त्री युवराज पाण्डे, नेताहरू दिपक ओझा, मन्जित ताम्राकार, कमल विक र रत्नहरि ढुंगेलले आफ्नो भनाइ राखेका थिए । 

महामन्त्री पाण्डेले घटनामा संलग्न जुनसुकै जाति, पार्टी, समुदायकाे भएपनि कानुनी कार्वाही हुनु पर्ने बताए । 'कुनैपनि बहानामा अपराधीहरूले उन्मुक्ति पाउनु हुँदैन। याे घटना कानुन र मानव जातिकै बिरूद्धकाे अपराध हाे । यस घटनालाई ताेडमाेड गर्ने र अपराधी जाेगाउने दुष्कर्म नगर्न सत्ताधारी सबैलाई चेतावनी दिन चाहन्छाैं,' उनले भने ।  

त्यस्तै नेविसंघ नेता दिपक ओझाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना जस्तै यो घटनामा संलग्नलाई पनि सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाए ।  

 


प्रतिकृया दिनुहोस