२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

- विशेष खबर मङ्गलबार २३, असोज २०८० ११:०३

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

काठमाडाैं । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान  गरेको हो । 
    
कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 

यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् । 


प्रतिकृया दिनुहोस